PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

टीकटकले भेटाइदियो ३ वर्षदेखि बेपत्ता श्रीमान



टीकटकले भेटाइदियो ३ वर्षदेखि बेपत्ता श्रीमान

टीकटक अभिनय गर्दै रमाइला भिडियो सेयर गर्ने एप हो। अभिनयमा रुचि भएकामात्र हैनन् रमाइलो गर्नका लागि पनि कतिपयले भिडियो बनाउँछन्। चर्चित हुन्छन्। हालै भारतमा भने टीकटकको एक भिडियोबाट एक महिलाले तीन वर्षदेखि वेपत्ता श्रीमान फेला पारेका छन्। 

तमुलनाडुस्थिर कृष्णगिरीमा बस्ने सुरेश साल २०१६ देखि घरबाट हराएका थिए। उनकी पत्नी जयासुधाले निकै खोजिन्। तर भेटिनन्। सुरेश पनि घर फर्केनन्। हालै जयासुधाका एक आफन्तले टीकटकमा एक भिडियो देखे। टीकटकमा अभिनय गर्ने व्यक्ति सुरेशजस्तै देखिएपछि उक्त भिडियो ती आफन्तले जयासुधालाई देखाए।

भिडियो हेरेपछि जयसुधालाई पक्का भयो उनी सुरेश नै हुन्। उनले तुरुन्तै प्रहरीलाई खबर गरिन्। प्रहरीले सुरेशको टीकटक एकाउन्टमाथि अनुसन्धान थाले र पक्राउ परे।

आफू परिवारमा समस्या आएपछि होसुर नामक ठाउँ गएर मिस्त्री काम गर्दै बसेको सुरेशले प्रहरीलाई बताएका छन्। त्यसपछि प्रहरीले सुरेश र जयासुधा दुबैलाई सम्झाएर घर पठाएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell