PahiloPost

Dec 14, 2019 | २८ मंसिर २०७६

लोकसेवा विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन, आन्दोलनमा 'देजमो'को समर्थन



लोकसेवा विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन, आन्दोलनमा 'देजमो'को समर्थन

काठमाडौं : लोकसेवा आयोगले प्रकाशित गरेको विधेयकको विरोध गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ।

आयोगले प्रकाशित गरेको विज्ञापन खारेज गरिनुपर्ने माग गर्दै मोर्चाले आज रत्नपार्क हुँदै ईन्द्रचोकसम्म र्‍याली निकालेको थियो। इन्द्रचोकमा पुगेपछि र्‍याली कोणसभामा परिणत भएको थियो।

लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न संघर्षका कार्यक्रम गर्दै आएका छन्।

विज्ञापन खारेज गर्ने आन्दोलनकारीको माग प्रति मुक्ति मोर्चाको समर्थन रहेको विरोध र्‍यालीमा जनाइएको थियो। कार्यक्रममा सहभागीहरुले समानुपातिक व्यवस्था सहित पुन: विज्ञापन हुनुपर्ने माग गरेका थिए। यस्तै मोर्चाले भारतबाट आयात हुने विषादीयुक्त तरकारीमाथि जाँच गर्ने निर्णय फिर्ता लिएकोप्रति पनि विरोध जनाएको छ। मोर्चाले विषादीयुक्त तरकारीमाथि  प्रतिबन्ध लगाउनु  माग गरेको छ।



लोकसेवा विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन, आन्दोलनमा 'देजमो'को समर्थन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell