PahiloPost

Dec 16, 2019 | ३० मंसिर २०७६

जम्मू कश्मीर खुलाउन दिएको रिटको सुनुवाई दुई हप्तापछि सार्दै भारतीय सर्वोच्च अदालतले भन्यो, 'केन्द्र सरकारलाई समय देऊ''



जम्मू कश्मीर खुलाउन दिएको रिटको सुनुवाई दुई हप्तापछि सार्दै भारतीय सर्वोच्च अदालतले भन्यो, 'केन्द्र सरकारलाई समय देऊ''

भारतको सर्वोच्च अदालतले जम्मू कश्मीरको अवस्था हाल निकै संवेदनशील रहेको भन्दै सामान्य अवस्थामा फर्कन केन्द्र सरकारलाई समय दिनुपर्ने बताएको छ।

८ दिनअघि केन्द्र सरकारले जम्मू कश्मीरलाई विभाजन गर्दै केन्द्र शासित प्रदेश बनाएको थियो। यससँगै कश्मीरले पाउँदै आएको विशेषाधिकारसमेत खारेज गरेदेखि कश्मीरमा कर्फ्यु र धारा १४४ लागू गरी सर्वसाधारणको हिँडडुललाई सीमित पारिएको छ।

एक हप्तादेखि बन्द रहेको जम्मू कश्मीर खुलाउन माग गर्दै सर्वोच्चमा दाखिल रिटमाथि सुनुवाई गर्दै अदालतले भनेको छ, 'हामीले त्यहाँको अवस्था सामान्य होस् भन्ने चाहेका छौं। तर एक रातमै सबै कुरा हुन सक्दैन। त्यहाँ के भइरहेको छ भन्ने बारेमा कसैलाई थाहा छैन। सरकारलाई समय दिनुपर्छ। किनकि, यो निकै संवेदनशील विषय हो।'

अदालत यो मुद्दाको सुनुवाई दुई हप्तापछि सारेको छ। 

अदालतको फैसला सँगै नरेन्द्र मोदीको सरकारलाई राहत मिलेको छ। अब दुई हप्तालाई केन्द्र सरकारले कश्मीरमा अहिले कै रणनीति लागू गर्न पाउने भएको छ।
 
इदका लागि केही समय कश्मिरीहरुलाई राहत दिइएपनि त्यहाँको वास्तविक अवस्थाबारे यकिन हुन सकेको छैन। टेलिफोन, इन्टरनेट, टिभी, ल्यान्डलाडन, स्याटालाइट फोन बन्द भएको एक हप्ता भइसकेको छ। मिडियामाथि पनि विभिन्न स्थानमा अंकुश लगाइएको छ। 

केन्द्र सरकारले कश्मीरको अवस्था सामान्य भएको र त्यहाँ कुनै प्रदर्शन नभएको दाबी गरे पनि बीबीसी, रोयटर्सलगायतका अन्तर्राष्ट्रिय समाचार संस्थाले भने शुक्रवार कश्मीरमा झडप भएको समाचार प्रसारण गरेका थिए। यद्यपि, केन्द्र सरकारले भने  ती समाचारहरु सत्य नभएको दाबी गर्दै आएको छ।



जम्मू कश्मीर खुलाउन दिएको रिटको सुनुवाई दुई हप्तापछि सार्दै भारतीय सर्वोच्च अदालतले भन्यो, 'केन्द्र सरकारलाई समय देऊ'' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell