PahiloPost

Dec 16, 2019 | ३० मंसिर २०७६

दोस्रो दिन पनि हङकङ विमानस्थल प्रदर्शनकारीको नियन्त्रणमा



दोस्रो दिन पनि हङकङ विमानस्थल प्रदर्शनकारीको नियन्त्रणमा
फोटो: wsj.com

संसारकै व्यस्त विमानस्थलमध्ये एक हङकङ विमानस्थल दोस्रो दिन पनि प्रदर्शनकारीहरुको नियन्त्रणमा रहेको छ। 

सुपुर्दगी विधेयकको विरोधमा हङकङ सरकारविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले सोमवार विमानस्थल प्रवेश गरेका थिए। 

प्रदर्शनकारी विमानस्थल प्रवेश गरेसँगै सबै उडानहरु रद्द गरिएको थियो। आज दोस्रो दिन पनि सो विमानस्थलमा आउने जाने सबै उडानहरु रद्द गरिएको छ।

सोमवार भएको प्रदर्शनमा कालो कपडा लगाएका प्रदर्शनकारीहरु हजारौं संख्यामा विमानस्थल पुगेका थिए। विमानस्थल खाली गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रहरीले धेरै संख्यामा अश्रुग्यास प्रहार गर्नुका साथै गोली चलाएको थियो। 

अधिकारीहरुले उडानका लागि विमानस्थल पुग्ने तयारीमा रहेका यात्रुलाई विमानस्थल नआउन सूचित गरेका छन्।

हाल प्रदर्शनकारीहरु विमानस्थलमै धर्नामा रहेका छन्।
 
सुपुदर्गी विधेयक अन्तर्गत मेनल्यान्ड चाइनामा सजिलै बन्दी हस्तान्तरण गर्न सकिने प्रावधानकोविरुद्ध सुरु भएको आन्दोलन चर्किँदै गएको हो। विरोध चर्किँदै गएपछि सरकारले सदनबाट विधेयक स्थगन गरेको थियो। तर, प्रदर्शनकारीहरुले भने विधेयक स्थगन नभई फिर्ता नै लिनुपर्ने र हङकङकै कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने माग राख्दै विरोध गर्दै आएका छन्।

चीनले भने हङकङम भएको आन्दोलनलाई आतंकवादको संज्ञा दिँदै आवश्यक परे जुनसुके कदम चाल्न सक्ने चेतावनी दिएको छ।



दोस्रो दिन पनि हङकङ विमानस्थल प्रदर्शनकारीको नियन्त्रणमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell