PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सोलुखुम्बुमा आज बिहान ४ रिक्टर स्केलको भूकम्प गयो



काठमाडौं: सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। आज बिहान ७ बजेर ७ मिनेटको समयमा ४ रिक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए। सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रिक्टर स्केलको भूकम्प गएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell