PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिकाको मिसौरीमा सडक दुर्घटना : एकै परिवारका तीन नेपालीको मृत्यु



अमेरिकाको मिसौरीमा सडक दुर्घटना : एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिकाको मिसौरीमा मंगलबार भएको कार दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन्।

मिसौरी हाइवेमा भएको घटनामा प्रभास ओझाले चलाइ रहेको टोयोटा आरएभी ४ कार सडकमा रोकिएको अवस्थामा पछाडिबाट आएको टोयोटा पिक अपले ठक्कर दिएको थियो।

दुर्घटनामा प्रभासकी श्रीमती श्रद्धा ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनालको मृत्यु भएको छ।

दुर्घटना लगत्तै प्रभास ओझा र उनका छोरालाई नजिकैको अस्पतालमा पुर्‍याइएको थियो। गम्भीर घाइते उनीहरुको हाल उपचार भइरहेको छ।

जोपलिन प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। प्रहरीले पिक अफका ड्राइभरको परिचय सार्वजनिक गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell