PahiloPost

Oct 21, 2019 | ४ कात्तिक २०७६


यस वर्षको गणेशमान जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई



यस वर्षको गणेशमान जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई

काठमाडौं : २०६२/०६३ को जनआन्दोलन सफल भएदेखि २०६४ देखि हरेक वर्ष प्रदान गरिँदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यस वर्ष पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ। 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पूर्वप्रधानमन्त्री कोइरालालाई संविधान दिवसको दिन पारेर गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आगामी ३ असोजमा सो पदक  प्रदान गर्न लागेको हो।  

प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त सो पदक प्रदान गर्न लागिएको जानकारी दिए। सो पदक राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुखअतिथ्यतामा विशेष समारोह आयोजना गरी प्रदान गरिनेछ।         

गत वर्ष सो पदक लोकतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निभाएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियो भने त्यसअघि पूर्वराष्ट्रपति रामवरण यादव,  संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई दिइएको थियो।

यसैगरी शान्ति नायक गिरिजाप्रसाद कोइरालालाई समेत मरणोपरान्त सो पदक प्रदान गरिएको थियो।



यस वर्षको गणेशमान जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell