PahiloPost

Oct 24, 2019 | ७ कात्तिक २०७६

यस्ता छन् यस पटकका लागि 'कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्ड'मा मनोनित दर्जन फोटो

यस्ता छन् यस पटकका लागि 'कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्ड'मा मनोनित दर्जन फोटो


सन् २०१९ को कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्डका लागि मनोनित तस्विरहरु सार्वजनिक गरिएको छ।

जनावरको पनि भावना हुन्छ र उनीहरुले पनि त्यसलाई विभिन्न तरिकाले प्रस्तुत गर्ने गर्छन्। उनीहरुको क्रियाको कमेडी पक्ष उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले तस्विरमा कैद भएका जनावरका हास्यासपद गतिविधिहरुलाई लिएर वर्षेनी कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड हुँदै आएको छ।

अवार्डका सह-संस्थापक रहेका ब्रिटिस फोटोग्राफर पउल जोयसन हिक्सले हरेक वर्ष यो अवार्ड मनोरञ्जनात्मक हुँदै गएको उल्लेख गर्दै मानिसहरुले वन्यजन्तुको रमाइला कोणहरु बाहिर ल्याएको बताए। भने,'हरेक वर्ष वन्यजन्युहरुका फरकफरक किसिमका तस्विरहरु आउँछन्। कतै पेनग्युइन रिसाइरहेको हुन्छ त कतै सिंह नाचिरहेको हुन्छ। ती तस्विरहरु हेर्दा हामी अच्चभित हुन्छौं।'

यस अवार्डले वन्यजन्तु संरक्षणका लागि सहयोगसमेत गर्दै आएको छ। वन्यजन्तु फोटोग्राफीमा जाने व्यक्तिहरुलाई वन्यजन्तुलाई नकारात्‍मक असर पार्ने सामानको प्रयोग नगर्न अवार्ड आयोजकहरुले जनचेतना फैलाउँदै आएका छन्।

अन्तर्राष्ट्रिय वन्यजन्तु च्यारिटी बोर्न फ्रि फाउन्डेसनसँगको सहकार्यमा आयोजना हुँदै गरेको प्रतियोगिताको नतिजा नोभेम्बर १३ मा सार्वजनिक हुनेछन्। विजेताले केन्याको मसाइ मारम क्षेत्रमा एक हप्ताका लागि सफारी गर्ने अवसर पाउने छन्।

फोटोहरु: Comedy Wildlife Photography Awards/CNN



ट्रेन्डिङ पोस्ट

Ncell