PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मकवानपुरमा बस र ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु



मकवानपुरमा बस र ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुरमा बिहीवार दुईवटा बस र एउटा ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ७९४२ नं को बसको ठक्करबाट सिन्धुपाल्चोकका ४२ वर्षीय चश्मभक्त श्रेष्ठको मृत्यु भएको हो। यस्तै, भीमफेदीमा ना ६ त ६०३५ नं को ट्रयाक्टर दुर्घटना हुँदा स्थानीयवासी १८ वर्षीय उमेश बस्नेतको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए। सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आजै चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ३५५६ नं को बसको ठक्करबाट नाम र ठेगाना नखुलेका एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक राम बालकले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell