PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुनको भाउ फेरि उकालोतिर, तोलामा बढ्यो ६०० रुपैयाँ



सुनको भाउ फेरि उकालोतिर, तोलामा बढ्यो ६०० रुपैयाँ

काठमाडौं: एक सातापछि स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढेको हो। 

बुधवार सुनको मूल्य ६९ हजार आठ सय रुपैयाँ तय भएको छ। मंगलवार प्रति तोला सुनको मूल्य ६९ हजार दुई सय रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि बढेको महासङ्घले जनाएको छ।

गत बुधवारदेखि सुनको मूल्य घट्दो क्रममा रहेको थियो। एक सातामा प्रति तोला सुनको मूल्य २८ सय रुपैयाँले घटेको थियो। 

यसैगरी चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। प्रति तोला चाँदीको मूल्य आठ सय ३५ रुपैयाँमा उक्लिएको छ। बुधवार चाँदीको मूल्य ८२५ रुपैयाँ रहेको थियो। एक सातामा चाँदीको मूल्य ६५ रुपैयाँले घटेको थियो। एक साताअघि चाँदीको मूल्य  आठ सय ९० रुपैयाँ सम्म उक्लिएर घट्दो क्रममा रहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell