PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ट्वीटर डाउन : आयो लगइनमै समस्या



ट्वीटर डाउन : आयो लगइनमै समस्या

काठमाडौं : माइक्रो ब्लगिङ साइट ट्वीटरमा केही बेरअघिदेखि समस्या देखिएको छ।

केही समय अघिसम्म नयाँ नोटिफिकेसन तथा डिएम (डिरेक्ट मेसेज) मा समस्या आएको थियो। अहिले भने ट्वीटर सेवा पूर्ण रुपमा बन्द भएको हो। ट्वीटर डेस्कटप लगइनदेखि नै पूर्ण रुपमा समस्या आएको छ भने मोबाइल एपमा पनि राम्रोसँग नचलेको प्रयोगकर्ताहरुले बताइरहेका छन्।

ट्वीटरले पनि यो समस्याबारे जानकारी भएको र सुधारका लागि काम भइरहेको बताएको छ। केहीबेरमा ट्वीटर पुनः सञ्चालन हुने जानकारी समेत ट्वीटमार्फत् नै बताइएको छ। ट्वीटर र ट्वीटडेकमा पनि समस्या आएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell