PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ट्र्याक्टर दुर्घटना हुँदा हेटौंडामा एक जनाको मृत्यु



ट्र्याक्टर दुर्घटना हुँदा हेटौंडामा एक जनाको मृत्यु

हेटौँडा: हेटौंडामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ६ त ४५३७ नम्बरको ट्र्याक्टर भैरवडाँडामै दुर्घटना हुँदा दर्लामीको मृत्यु भएको मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिए। चालकले तीव्र गतिमा चलाएका कारण अनियन्त्रित भएर ट्र्याक्टर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell