PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आफैलाई अपहरण गरेको नाटक गर्ने गाडी चालक प्रहरी नियन्त्रणमा



आफैलाई अपहरण गरेको नाटक गर्ने गाडी चालक प्रहरी नियन्त्रणमा

काठमाडौं: अपहरणको नाटक गर्ने एक जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगन्ज टोलीले बिहीवार सर्लाही बसन्तपुर नगरपालिका घर भई ललितपुर बस्ने २६ वर्षीय सङ्ग्राम अधिकारीलाई नियन्त्रणमा लिएको हो। अधिकारी एमएडव्लु इन्टरप्राइजेज गाडी चालक हुन्।

उनले प्रदेश ३ बा २९०७ नम्बरको गाडीसहित आफूलाई सुकेधाराबाट कन्चटमा पेस्तोल राखेर नशालु पदार्थसमेत सुँघाई गाडी नियन्त्रणमा लिई गाडीमा रहेको करिब ५ लाख पर्ने यामाहा कम्पनीका विभिन्न मेशिनरी पार्टपुर्जाहरू समेत लुटिएको जानकारी दिएका थिए।

प्रहरीमा अपहरणको उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्दा अपहरणको नाटक गरेको खुल्न आएको वृत्तका डिएसपी उमेश लम्सालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell