PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु



तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

मकवानपुर : हेटौँडामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६:३० बजे भएको उक्त सवारी दुर्घटनामा महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको तेल ट्यांकरले सोही दिशाबाट आउँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार सीताको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार, दुर्घटनाबाट मोटरसाइकल चालक सीताका पति ४५ वर्षीय शशि न्यौपाने भने सामान्य घाइते भएका छन्। हेटौँडा अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएको प्रहरीले जनाकएको छ।

ट्यांकर चालक भीमफेदी गाउँपालिका–१ त्रिखण्डी बस्ने २४ वर्षीय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell