PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

अन्तत: सभामुखले जबरजस्ती करणी गर्न खोजेको भन्दै पीडित महिला पुगिन् प्रहरीकहाँ, के पक्राउ पर्लान् त महरा?



अन्तत: सभामुखले जबरजस्ती करणी गर्न खोजेको भन्दै पीडित महिला पुगिन् प्रहरीकहाँ, के पक्राउ पर्लान् त महरा?
फाइल फोटो

काठमाडौं:  प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी छिन्। ती महिलाले शुक्रवार महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी दर्ता गराएकी हुन्।

महिलाले दिएको किटानी जाहेरीमा सभामुखले आफूलाई बलत्कारको प्रयास गरेको उल्लेख गरिएको छ।' अब हामी प्रकृया पुरा गरेर अनुसन्धान अगाडि बढाउछौं,' एक उच्च प्रहरी अधिकारीले भने।

संसद् सचिवालयकी महिला कर्मचारीले सभामुख महराले बलात्कार गरेको संगीन आरोप लगाएकी थिइन्। 'हाम्राकुरा अनलाइन'मा पत्रकार अजयबाबु शिवाकोटीले भिडियोसहित रिपोर्ट गत सोमबार प्रस्तुत गरेपछि घटना छरपस्ट भएको थियो। घटना बाहिरिएसँगै गत मंगलवार सभामुख महराले पदबाट राजीनामा नै दिएका थिए। तर पीडित भनिएकी महिलाले बुधवारमात्र नयाँ बानेश्वर प्रहरीकहाँ पुगेर सभामुखले केही पनि नगरेको भन्दै उजुरी दिएकी थिइन्।

आइतवार साँझ करिव सवा ९ बजे महिलाले आफूलाई सभामुखले दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई फोन गरेपछि महिलाको कोठामा पुगेर प्रहरीले केही तस्वीर लिएको थियो। तर त्यसपछि अनुसन्धान अघि बढ्न सकेको थिएन। सभामुख महराले पदबाट राजीनामा दिएपछि भने प्रहरीले पुनः कोठामा पुगेर प्रमाण संकलन गरेको थियो।

सभामुख महराले आफू महिलाको कोठामा नगएको दाबी गर्दै आएका छन्। तर प्रहरीले संकलन गरेको प्रमाणहरु सिसि क्यामरा, मोबाइल लोकेसनको आधारमा सभामुख महिलाको कोठामा गएको खुलेको थियो। घटनास्थलबाट प्रहरीले सभामुख महराको भनिएको भाँचिएको चश्मा, जुत्ताको तलुवालगायत सबुत प्रमाण संकलन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell