PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सभामुखको सरकारी निवासमा प्रहरीको निगरानी, त्यहीँ बयान कि हिरासतको यात्रा?



सविन ढकाल

सभामुखको सरकारी निवासमा प्रहरीको निगरानी, त्यहीँ बयान कि हिरासतको यात्रा?

काठमाडौं : अदालतबाट पक्राउ पुर्जी जारी भएलगतै बलात्कार प्रयासको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिने प्रयास जारी राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोली महरालाई नियन्त्रणमा लिन आइतबार उनको सरकारी निवासमा पुगेको हो।

बालुवाटारमा रहेको सभामुख निवास अगाडि प्रहरी पुगिसकेको छ। उनलाई नियन्त्रणमा लिइसकेको भन्ने चाहिँ खुलेको छैन। आइतबार नै जिल्ला अदालत काठमाडौंले महरालाई नियन्त्रणमा लिन प्रहरीलाई अनुमति दिएको थियो।

प्रहरीले महरा सभामुख निवासभित्रै रहेको जनाएको भए पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन। प्रहरीले उनलाई त्यहीँबाट समात्ने अथवा 'हाई प्रोफाइल केस' भएकाले निवासमै बयान लिनसक्ने दुवै सम्भावना छ। 'उहाँ हाम्रो निगरानीमा हुनुहुन्छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने।

सभामुख महराले असोज १२ गते राति संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

महिलाले १२ गते नै प्रहरीलाई फोन गरेर आफूलाई बलत्कारको प्रयास भएको बताएकी थिइन्। सोही दिन महानगरीय प्रहरी वृत नयाँबानेश्वरबाट पुगेको टोलीले घटना भएको स्थानको फोटो मात्र लिएर फर्किएको थियो। प्रहरीले घटनास्थलबाट सबुत प्रमाण समेत संकलन गर्न सकेको थिएन। 

ने क पाको सचिवालय बैठकले सभामुख महरालाई पदबाट राजिनामा दिन आग्रह गरेपछि असोज १४ गते सभामुख महराले पदबाट राजीनामा दिएका थिए। तर,  पनि पीडित महिलाले लिखित उजुरी नदिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिने हिम्मत गर्न सकेको थिएन।
बरु उल्टै महिलाले महराको राजीनापछि भने आफ्नो भनाइ फेरेकी थिइन्। तर, फेरि १६ गते प्रहरीकहाँ पुगेर उनले उजुरी दिएकी थिइन्। प्रहरीले महिलाको स्वास्थ्य परीक्षण समेत गरिसकेको छ।

महिलाले उजुरी दिएलगत्तै प्रहरीले सभामुख महराको निगरानी बढाएको थियो।

असोज १२ गते राति सावा ९ बजे ती महिलाले महराले बलात्कारको प्रयास गरेको भन्दै प्रहरीलाई फोन गरेपछि महिलाको कोठामा पुगेर प्रहरीले केही तस्वीर लिएको थियो। तर, त्यसपछि अनुसन्धान अघि बढ्न सकेको थिएन। सभामुख महराले पदबाट राजीनामा दिएपछि भने प्रहरीले पुनः कोठामा पुगेर प्रमाण संकलन गरेको थियो।

सभामुख महराले आफू महिलाको कोठामा नगएको दावी गर्दै आएका छन्। तर, प्रहरीले संकलन गरेको प्रमाणहरु सीसी क्यामरा, मोबाइल लोकेसन आदिको आधारमा उनी महिलाको कोठामा गएको खुलेको थियो। घटनास्थलबाट प्रहरीले सभामुख महराको भनिएको भाँचिएको चम्मा, जुत्ताको तलुवा लगायत सबुत प्रमाण संकलन गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालबिच भएको छलफलमा महरा पिडित महिलाको कोठामा गएको र दुर्व्यवहारको प्रयास गरेको पुष्टि भएपछि प्रधानमन्त्रीले अनुसन्धान अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।
 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell