PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

भरतपुर : चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेकी छन्।

इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell