PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

तस्विरमा भक्तपुरको ब्रम्हायणी जात्रा, जहाँ शरीरमाथि दियो बालेर गरिन्छ पूजा

तस्विरमा भक्तपुरको ब्रम्हायणी जात्रा, जहाँ शरीरमाथि दियो बालेर गरिन्छ पूजा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर: विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रम्हायणी जात्रामा सहभागी हुन भक्तजनहरु बिहानैदेखि मन्दिर परिसरमा पुग्ने गर्छन्। नवदुर्गाको शक्तिपीठका रूपमा लिइने ब्रम्हायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ।

ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन्। मन्दिरमा जमरा, हाँसको फुल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ।

व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ। यसो गरेमा मनोकांक्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ। मन्दिरमा आज दिनभरि नै मेला लाग्ने गर्दछ।

नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खम्ये (राँगो) लाई ब्रह्मायणी मन्दिर पुर्‍याएर वध गरेपछि रातिदेखि नै यो जात्रा शुरु हुने गर्दछ।

वध गरिएको खम्येको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लागेको थियो। सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ। लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने  जनविश्वास रहेको छ। राससको सहयोगमा



ट्रेन्डिङ पोस्ट

Ncell