PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चितवनमा बस दुर्घटना, ३८ जना घाइते, एकको अवस्था गम्भीर



चितवनमा बस दुर्घटना, ३८ जना घाइते, एकको अवस्था गम्भीर

चितवन : चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो।

घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। बसमा करिब ४५÷४६ जना सवार रहेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell