PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तनहुँको बोलेरो दुर्घटनामा पत्नीको मृत्यु, पति र छोरा घाइते



तनहुँको बोलेरो दुर्घटनामा पत्नीको मृत्यु, पति र छोरा घाइते
प्रतीकात्मक तस्बिर

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन्।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८ च ५३१६ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–००–०१ प ८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा ३६ वर्षीय सुरज धिताल र नौ वर्षीय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए। दुर्घटनामा मृत्यु हुने शोभा पत्नी हुन् भने घाइते सुरज उनका पति र अर्पण छोरा हुन्। दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधवार राति मृत्यु भएको हो। उनको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो।

दुर्घटनामा घाइते सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य स्थितिमा सुधार भइरहेको प्रहरीले जनाएको छ।

लडेर इटहरीमा एक जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरीको लडेर मृत्यु भएको जानकारी दिएको छ। केही समयदेखि चौधरी मानसिक रोगको उपचारमा औषधि सेवन गर्दै आएका थिए। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell