PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जबरजस्ती करणी आरोपमा मालपोतका प्रमुख पक्राउ



जबरजस्ती करणी आरोपमा मालपोतका प्रमुख पक्राउ

भीमदत्तनगर : कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन्। स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

'महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ' इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, 'घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ।'

उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताए। 'अहिलेसम्म मुद्दा दर्ता भएको छैन' चन्दले भने, 'घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ।'

सुनसरीमा सात जना जुवाडे पक्राउ

यसैबीच सुनसरीको देवानगन्ज गाउँपालिका–१ बाट गएराति सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय श्यामदेव यादव, कन्तलाल मेहता, सदानन्द मेहता, रामकुमार साह, नन्दकिसोर मेहता, बालेश्वर यादव, र फ्रान्ससिसी उराँव रहेको सुनसरीका डिएसपी यज्ञविनोद पोखरेलले बताए।

पक्राउ परेकाबाट ७४ हजार ७६० रुपैयाँ बरामद भएको डिएसपी पोखरेलले बताए। देवानगन्ज गाउँपालिका–१ मा विजयादशमीको अवसरमा लागेको मेलामा जुवा खेल भइरहेको भने गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले सात जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारवाही हुने डिएसपी पोखरेलले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell