PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ



घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ
प्रतीकात्मक तस्बिर

जलेश्वर: आफू नेपाल प्रहरी प्रदेश नम्बर २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने काम गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

डिएसपी बुढाथोकीका अनुसार मण्डलले जिल्लाको पूर्वी दक्षिणी सीमा क्षेत्रमा अवस्थित मटिहानी नगरपालिकाका व्यापारीलाई आफू नेपाल प्रहरीको घुमुवा प्रहरी रहेको भन्दै धम्क्याउने, तर्साउने र उनीहरुसँग रकमसमेत असुल्ने काम गर्दै आएका थिए।

प्राप्त गोप्य सूचनाका आधारमा व्यापारीसँग रकम असुली गरिरहेकै बेला उनलाई पक्राउ गरिएको हो। पक्राउ गरिएका मण्डललाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको डिएसपी बुढाथोकीले बताए।

लागुऔषधसहित तीन युवक पक्राउ

यसैबीच, प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन्। इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा तीनै जनाका साथबाट नाइट्रोभेट ट्याब्लेट ३०० चक्की बरामद भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell