PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काभ्रेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ३२ जना घाइते



काभ्रेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ३२ जना घाइते

बनेपा : काभ्रेमा ट्रक दुर्घटना हुँदा दुई जनाकोे घटना स्थलमै मृत्यु भएको छ। काभ्रेको महाभारत गाउँपालिका-२ गोकुलेबाट बनेपा आउँदै गरेको बा ३ ख ३५९५ नम्बरको महिन्द्रा निशान ट्रक रोशी गाउँपालिका-३ साँझकोटमा आज साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले जानकारी दिए।

मृत्यु हुनेमा महाभारत गाउँपालिका-२ गोकुलेका प्रकाश मोक्तान र सोही स्थानका वकिल बम्जन रहेको गिरीले बताए। दुर्घटनामा परी ३२ जना घाइते भएको उनको भनाइ छ। गम्भीर घाइते भएका १५ जनाको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको र अन्यलाई उपचारको लागि विभिन्न अस्पताल लैजाने क्रम जारी रहेको उनले बताए। 

गिरीका अनुसार ३४ जना सवार रहेको सो ट्रक तीब्र गतिका कारण मोडमा अनियन्त्रित भइ सडकबाट करिव सय मिटर तल खसेको थियो। ट्रकका चालक पनि घाइते भएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell