PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

जीप दुर्घटना हुँदा नवलपरासीमा एक जनाको मृत्यु



जीप दुर्घटना हुँदा नवलपरासीमा एक जनाको मृत्यु

कावासोती : नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्।

शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६ स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरा मनिपाल कलेजमा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक  सुजितकुमार देवकोटाले बताए।

दुर्घटनामा परी देवचुली–१० बस्ने २७ वर्षीय आशिस खनाल, सोही स्थान बस्ने १९ वर्षीय सूचना पाण्डे, देवचुली–१, बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीया संगीता पोख्रेल घाइते भएका छन्। घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। निरन्दीखोलाको उकालोमा जीपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो। जीपमा करीब १७ जना सवार रहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell