PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घटस्थापना यता ५ सय ९९ वटा सवारी दुर्घटना, ९८ जनाको मृत्यु



घटस्थापना यता ५ सय ९९ वटा सवारी दुर्घटना, ९८ जनाको मृत्यु

काठमाडौं : सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौं आउँदै गरेको बस शुक्रवार दुर्घटनामा पर्‍यो। बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा परि १२ जनाले ज्यान गुमाइसकेका छन्। ६० जनाभन्दा बढी घाइते भएका छन्। दशैँको समयमा क्षमता भन्दाबढी यात्रु बोकेको कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

चाडवाडको समय देशभर सवारी दुर्घटना बढ्ने हुँदा प्रहरीले सचेतना अभियान चलाउने गरेको छ। तर सवारी दुर्घटनामा भने ज्यादै न्युन रुपमा कमी आउने गरेको पाइएको घटस्थापनादेखि २४ गतेसम्म ५ सय ९९ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ। दुर्घटनामा परी ९८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै २ सय ७४ जना गम्भीर घाइते भएर उपचारत छन्। मृत्यु हुनेहरुमा २० जना महिला, ७२ जना पुरुष र ६ जना बालबालिका रहेका छन्।

प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै उपत्यकाभित्र सवारी दुर्घटना भएको छ। ती दुर्घटनामा ९ जनाले ज्यान गुमाए। गतवर्षको तुलनामा भने यसपटकको दशैँमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको छ। २०७५ सालको दशैँमा १ सय २९ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो।

'प्रहरीको दशैँ सडक सुरक्षा अभियान र चालकलाई गराएको सचेतनाले गर्दा नै दुर्घटनामा कमी भएको हो,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले भने।

२०७४ सालको दशैँमा देशभर ३ सय ८० वटा सवारी दुर्घटना भएका थिए। त्यसमा १ सय ४ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell