PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काभ्रे ट्रक दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने



काभ्रे ट्रक दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

बनेपा : गत शुक्रवार महाभारत गाउँपालिका–२ बाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ दिइने भएको छ। आज मृतकका परिवारलाई पाँच/पाँच लाख दिने सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका हुन्।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार मृतक दुई जनाको परिवारलाई क्षतिपूर्ति बापत पाँच/पाँच लाख उपलब्ध गराउने, किरिया खर्चबापत ५०/५० हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका थिए।

किरिया खर्चबापतको ५०/५० हजार रकम आज नै उपलब्ध गराइसकेको र क्षतिपूर्ति रकम १५ दिनभित्रमा दिने सहमति भएको प्रहरीले जनाएको छ। सो घटनामा परि सोही गाउँपालिकाको वडा नम्बर २ अमलवासका वकिल बोम्जन र सोही ठाउँ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका बस्ने प्रकाश मोक्तानको मृत्यु भएको थियो।

उक्त घटनामा परी ३२ जना घाइते भएका र उनीहरुमध्ये केहीको उपचार भइरहेको तथा केही उपचारपश्चात् घर फर्किसकेको उक्त गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell