PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जम्मू कश्मीरमा ७२ दिनपछि चल्यो पोस्टपेड मोबाइल



जम्मू कश्मीरमा ७२ दिनपछि चल्यो पोस्टपेड मोबाइल
फोटो : NISSAR AHMAD/THE HINDU

कश्मीर : भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मू कश्मीरलाई विभाजन गरेसँगै ७२ दिनदेखि जम्मू कश्मिरमा अवरुद्ध भएको पोस्टपेड मोबाइल सेवा संचालनमा आएको छ।

अगस्ट ५ मा केन्द्र सरकारले जम्मू कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा समाप्त गर्ने निर्णय गरेसँगै कश्मीरमा कर्फ्यु लगाइएको थियो। पछि कर्फ्यु हटाइएपनि ल्यान्डलाइन, इन्टरनेट र मोबाइल सेवा भने संचालनमा आएको थिएन।

अहिलेलाई मोबाइल सेवा संचालन भएपनि इन्टरनेट सेवा भने सबै स्थानमा संचालनमा नआएको बताइएको छ। सेप्टम्बरमा भने ल्यान्डलाइन सेवा सबै खुल्ला गरिएको थियो।

द हिन्दुका अनुसार हाल कश्मीरमा करिब ४० लाख मोबाइल फोनहरु संचालनमा आएका छन्।

कश्मीरलाई विशेष राज्यको दर्जा व्यवस्था भएको संविधानको धारा ३७० लाई खारेज गर्नै जम्मू कश्मीरलाई दुई प्रदेश (जम्मू कश्मीर र लद्दाख) मा विभाजन गरेको थियो। मोदीले एउटा प्रान्तलाई विभाजनमात्रै गरेनन् केन्द्र प्रशासित प्रदेश पनि बनाएका थिए।

नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले जम्मू कश्मीरको विशेष दर्जा समाप्त पार्दै राज्य विभाजन गर्दै केन्द्र शासित प्रदेश बनाएपछि पाकिस्तानसँगको सम्बन्ध चिसिएको थियो। भारतको सो कदमको विरोध गर्दै पाकिस्तानले भारतसँगको कूटनीतिक र व्यापारिक सम्बन्ध सीमित गर्ने घोषणा गरेको थियो। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मोदी गलत बाटोमा हिँड्दै हिलटर बन्ने खोजेको आरोपसमेत लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell