PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चीनका राष्ट्रपतिको भ्रमणमा सरकारको परिपक्वता देखियो : ने क पा प्रवक्ता श्रेष्ठ



चीनका राष्ट्रपतिको भ्रमणमा सरकारको परिपक्वता देखियो : ने क पा प्रवक्ता श्रेष्ठ
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने नेपाल भ्रमणमा सरकारको परिपक्वता देखिएको बताएका छन्।

प्रवक्ता श्रेष्ठले राष्ट्रपति सीको भ्रमण ऐतिहासिक, भव्य र सफल रहेको पनि बताएका छन्। सीको नेपाल भ्रमण कोसेढुंगो बनेको उनको भनाइ छ।

प्रवक्ता श्रेष्ठले ट्वीटमा भनेका छन्, 'चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रह्यो। यो साँच्चै कोसेढुंगा बनेको छ र हाम्रो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ। महामहिम सी र चीन सरकारप्रति आभार। यसपटक हाम्रो पनि परिपक्वता देखियो। सिंगो देश एकढिक्को भयो र सरकारले कुशलता र श्रेष्ठता देखायो। प्रम र सबैलाई बधाई।'

 

चीनका राष्ट्रपति सी दुईदिने राजकीय भ्रमण पूरा गरी आइतवार स्वदेश फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell