PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जापानमा आँधी : मृतकको संख्या ६६ पुग्यो



जापानमा आँधी : मृतकको संख्या ६६ पुग्यो
Soe Zeya Tun/Reuters

जापानमा आएको ‘हगिबिस’ आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ।

६० वर्षयताकै शक्तिशाली आँधीका कारण धेरै व्यक्ति बेपत्ता रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ।

हजारौंको संख्यामा सेना, प्रहरी र अग्नी नियन्त्रकहरु परिचालन गरी खोजी तथा उद्धारको कार्य जारी रहेको सरकारी अधिकारीहरुले बताएका छन्।  

आँधीका कारण सडक र रेलमार्ग अवरुद्ध भएका छन्। यस्तै लाखौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ।

आँधीका कारण धेरै स्थानमा बाढी र पहिरो गएको गएको छ। पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell