PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मध्यपूर्वी क्षेत्रमा शान्तिका लागि मध्यस्थता गर्ने प्रयासमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान



मध्यपूर्वी क्षेत्रमा शान्तिका लागि मध्यस्थता गर्ने प्रयासमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान
फोटो : Iranian Presidency/Anadolu Agency

पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलवार साउदी अरेबिया पुग्दैछन्। मध्यपूर्वी क्षेत्रमा इरान र साउदीबीच युद्धको अवस्था उत्पन्न भइरहँदा खान इरानको भ्रमण सम्पन्न गरी साउदी जान लागेका हुन्।  

साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि अमेरिका र साउदीले आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै आएको छ। इरानले भने सो आरोपको खण्डन गर्दै आएको छ।

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले विश्वले इरानलाई निषेध नगरे विश्वभरि तेलको मूल्य बढ्ने सक्ने चेतावनी दिएका थिए। निषेध गर्ने कार्य नभए युद्धको अवस्था सिर्जना हुनसक्ने भन्दै उनले विश्व अर्थतन्त्रमा यसबाट नकारात्मक असर पर्ने उनको चेतावनी थियो।

इरानले भने राजकुमारको चेतावनीलाई विश्व नै लज्जित हुनुपर्ने दिन आउन सक्ने प्रतिक्रिया दिएको थियो।

यसैबीच खानले सोमवार इरानी राष्ट्रपति हसन रौहानीसँग भेटवार्ता गरेका थिए। साउदी अरेबिया र इरानबीच उत्पन्न गतिरोधले क्षेत्रमै असर पार्न थालेको भन्दै प्रधानमन्त्री खानले सम्भावित मध्यस्थताका लागि दुवै देशको भ्रमण गरेको बताइएको छ।

इरान भ्रमणका क्रममा खानले इरान र साउदीबीच द्वन्द्व नहोस् भन्ने पक्षमा पाकिस्तान रहेको भन्दै द्वन्द्व समाधानका पक्षमा इरानी राष्ट्रपतिसँग रचनात्मक वार्ता भएका बताएका थिए।

साउदीमा खानले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग मध्यपूर्वमा उत्पन्न संकटका बारेमा छलफल गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell