PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

रणवीर सिंहले सञ्जय लीला भन्सालीको 'गंगूबाई'लाई भने 'नो'



रणवीर सिंहले सञ्जय लीला भन्सालीको 'गंगूबाई'लाई भने 'नो'

मुम्बई : बलिउड अभिनेता रणवीर सिंहले सञ्जय लीला भन्सालीको नयाँ फिल्म 'गंगूबाई'मा अभिनय गर्न अस्वीकार गरेका छन्। निर्देशक भन्सालीले रणवीरलाई फिल्ममा 'क्यामियो रोल' (अतिथि भूमिका)को अफर गर्दा उनले फिल्म खेल्न अस्वीकार गरेको लाइभ हिन्दूस्तानले उल्लेख गरेको छ

यसअघि भन्सालीले सलमान खान र आलिया भट्टलाई लिएर फिल्म 'इन्शाअल्लाह'को सुटिङ सुरु गरेका थिए तर सलमानले फिल्म छोड्दा 'इन्शाअल्लाह'को सुटिङ बीचमै रोकियो। 'इन्शाअल्लाह'को सुटिङ रोकिँदा भन्सालीले नयाँ फिल्म 'गंगूबाई'को घोषणा गरेका थिए।

रणवीरले 'गंगूबाई'मा अभिनय गर्न अस्वीकार गरेपछि फिल्ममा कार्तिक आर्यन अनुबन्धित भएका छन्। फिल्ममा कार्तिक आर्यनसँगै अभिनेत्री आलिया भट्टको पनि अभिनय रहनेछ।

आलिया यतिबेला आफ्नै होम प्रोडक्सनमा निर्माण भएको फिल्म 'सडक २'को सुटिङमा व्यस्त छिन् भने कार्तिक आर्यन फिल्म 'पति पत्नी ‍और वो' को सुटिङमा व्यस्त छन्। जसमा कार्तिकसँगै अनन्या पाण्डे र भूमि पेडनेकर मुख्य भूमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell