PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उपत्यकाभित्र चोरी गर्ने गिरोह प्रहरीको फन्दामा



उपत्यकाभित्र चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

काठमाडौं : उपत्यकाभित्र चोरी तथा डकैती गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले बुधवार पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा ताप्लेजुङ फुङलिङदोख घर भएका २० वर्षीय योगेन्द्र मगर, उदयपुर रौतामाइ गाउँपालिका ५ घर भएका १६ वर्षीय योजिस राई, सिन्धुपाल्चोक त्रिपुरासुन्दरि गाउँपालिका घर १६ वर्षीय अमृत गुरुङ, रामेछाप चिलाउने घर भएका १५ वर्षीय बिशाल तामाङ र काभ्रेपलान्चोक मुमिडाँडा गाउँपालिका १ घर भएका १५ का बिश्राम तामाङ रहेका छन्।

'उनीहरु केही समयदेखि उपत्यका भित्र चोरी तथा डकैती गर्ने समूह भएको खुलेको हो,' वृतका डिएसपी उमेश लम्सालले भने।

उनीहरुले अशोज १५ गते बुढानिलकण्ठ ९ एकता बस्तीस्थित सन्तोष रिमालले सञ्चालन गरेको दुप्चेशर मोबाइल टिभि मर्मत तथा बिक्री केन्द्रबाट रातको समयमा  सटर फोरेर चोरी गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनीहरुको साथबाट चोरिएका १० थान विभिन्न ब्राण्डका मोबाइल, तिनमा प्रयोग भएको सिम र ३ थान डिजिटल घडि बरामत गरेको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकरी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell