PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साउथ इण्डियन फिल्ममा देखिँदै अभिनेत्री ऐश्वर्य राय बच्चन



साउथ इण्डियन फिल्ममा देखिँदै अभिनेत्री ऐश्वर्य राय बच्चन
फोटो : Vogue India ।

मुम्बई : बलिउड अभिनेत्री ऐश्वर्य राय बच्चनले २००७ सालमा अभिनेता अभिषेक बच्चनसँग विवाह गरिन्। विवाह पश्चात उनी फिल्म क्षेत्रबाट टाढिएको थिइन्। विवाह गरेको लामो अन्तरालपछि उनले फिल्म 'फन्ने खा' मार्फत बलिउडमा कमब्याक गरिन् तर त्यो फिल्म फ्लप भयो।

पछिल्लो फिल्म फ्लप भएपछि उनी फेरी एकपटक साउथ इण्डियन फिल्ममा देखिने भएकी छिन्। उनी मणिरत्नमले निर्माण गर्न लागेको साउथ इण्डियन फिल्ममा देखिने भएकी हुन्। फिल्ममा ऐश्वर्यको डब्बल रोल रहने बताइएको छ। 

फिल्ममा ऐश्वर्यसँगै अभिनेता अमिताभ बच्चनको पनि अभिनय रहने चर्चा छ। यसअघि ऐश्वर्य र अमिताभले २००८ मा प्रदर्शनमा आएको फिल्म 'सरकार राज' मा एकसाथ अभिनय गरेका थिए। 

उनले यो फिल्मको लागि कन्ट्र्याक्ट साइन गरिसकेको आजतकले उल्लेख गरेको छ। फिल्मको नाम भन्ने अझै घोषणा भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell