PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तत्कालका लागि मन्त्रिपरिषद् हेरफर हुँदैन : ने क पा नेता दिनानाथ शर्मा



तत्कालका लागि मन्त्रिपरिषद् हेरफर हुँदैन : ने क पा नेता दिनानाथ शर्मा
फोटो : रिपोर्टर्स क्लब नेपाल।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता दिनानाथ शर्माले मन्त्रीहरुको हेरफेरबारे पार्टीभित्र छलफल भए पनि तत्काल हेरफर नहुने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता शर्माले मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भए पनि कहिले पुनर्गठन गर्ने वा नगर्ने भन्ने निष्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकाले अहिले नै केही भन्न सकिने अवस्था नभएको बताए। नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारे। आलोपालोको कुरा उठे पनि अहिले त्यो सम्भावना नरहेको भन्दै उनले अहिले सरकारले धमाधम परिणाम दिन थालेकाले सरकारलाई अस्थिर बनाउन नहुने बताए।

नेता शर्माले सङ्घीय संसद्को सभामुख पद रिक्त रहेकाले छिटोभन्दा छिटो सभामुख निर्वाचित गरिने बताए। उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा सरकारले परिपक्व कूटनीति र व्यवहार प्रस्तुत गरेको भन्दै सरकारलाई बधाई दिए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य  मोहनबहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरे। नेता बस्नेतले चिनियाँ राष्ट्रपति सीको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको टिप्पणी गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell