PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरको दोस्रो चरणका लागि नेपाली टोलीबाट ३१ खेलाडी छनोट



एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरको दोस्रो चरणका लागि नेपाली टोलीबाट ३१ खेलाडी छनोट
फोटो : ANFA ।

काठमाडौं : आगामी एएफसी यू-१९ च्याम्पियनसिप २०२० क्वालिफायरको दोस्रो चरणका लागि नेपाली टोलीबाट ३१ खेलाडी छनोट भएका छन्। नेपाली यू-१९ टोलिका मुख्य प्रशिक्षक मेघराज केसीले आज ४८ जनाको अघिल्लो टोलीबाट ३१ खेलाडीमा घटाएका हुन्।

क्वालिफायरका खेलहरु नोभेम्बर ६ (कात्तिक २० गते) बाट शुरु हुनेछन्। नेपाल रहेको ग्रुप 'डी'मा युएई, इरान र किर्गिस्तान रहेका छन्।

नेपाली टिम

गोल किपर : बिशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना

डिफेन्डर : बिशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, अन्जल महर्जन, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ, बिजय श्रेष्ठ र निराजन महर्जन

मिडफिल्डर : दर्शन गुरुङ, शिशिर लेखी, रोशन रानामगर, रञ्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिश थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेमजन

फरवार्ड : बृजेश चौधरी, निराज चौधरी, मनिश डांगी, राजिव लोप्चन, रेजिन सुब्बा र दिपेश आलेमगर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell