PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'बुद्धिस्ट सर्किट'का लागि दिल्लीबाट छुट्यो सुविधा सम्पन्न अत्याधुनिक ट्रेन



'बुद्धिस्ट सर्किट'का लागि दिल्लीबाट छुट्यो सुविधा सम्पन्न अत्याधुनिक ट्रेन
फोटो : theluxurytrainsofindia.com

सुख सुविधाले भरिपूर्ण 'बुद्धिस्ट सर्किट टूरिस्ट ट्रेन'ले यस सिजनको यात्रा शुरु गरेको छ। अक्टोबर १९ अर्थात् आजै ट्रेन दिल्लीस्थित सफदरजंग रेलवे स्टेशनबाट यात्रामा निस्केको हो। ट्रेनले यात्रीहरुलाई देश विदेशका विभिन्न बौद्ध धर्म विशेष तीर्थस्थलहरुसम्म पुर्‍याउने छ। आठ दिन लामो यात्रापछि रेल पुन: दिल्ली फर्कने छ।

ट्रेनमा एसी फस्ट क्लासमा ९६ सिट र सेकेन्ड क्लासमा ६० वटा सिट रहेका छन्।

के हो 'बुद्धिस्ट सर्किट टूरिस्ट ट्रेन'को विशेषता? 

अत्याधुनिक बुद्धिस्ट सर्किट टूरिस्ट ट्रेनलाई आइआरसिटिसीले तयार गरेको हो। यस ट्रेनमा एसी फर्स्ट क्लासकै भाडा झण्डै सवा लाख भारतीय रुपैयाँ पर्छ। त्यस्तै सेकेन्ड क्लासका यात्रुले एक लाख भारतीय रुपैयाँ तिर्नु पर्छ।

विदेशी यात्रुहरुको मागलाई मध्यनजर गर्दै बनाइएको यस ट्रेन भित्र दुई रेस्टुरेन्ट छन्। प्रत्येक रेस्टुरेन्टमा एकसाथ ६४ यात्रु खाना खान सक्छन्।

कहाँबाट कहाँ पुग्छ त ट्रेन?

आइआरसिटिसीका प्रवक्ता सिद्धार्थ सिंहले आजतकलाई बताए अनुसार आज दिउसो सफदरजंग रेलवे स्टेशनबाट ट्रेन सिधैं गयाको लागि निस्कियो। यात्राका क्रममा ट्रेन भित्रै यात्रुहरुलाई रातीको खाना दिइने छ। अक्टोबर २० को बिहान ब्रेकफास्ट गराइ सकेपछि भने गया पुग्नेछन्। बोधगयामा उनीहरुको लागि होटल तयार गरिएको हुनेछ। यात्रुहरुले चेक-इन गरेपछि घुमघामको काम हुनेछ।

बोधगयाबाट राजगीर

त्यस दिनभर बोधगयामा घुमघाम हुनेछ। यात्रुहरुलाई बोधगया बारे जानकारी स्थानीय गाइडले दिनेछन्। दोस्रो दिनको रात्री खाना होटलमै खाने बस्ने व्यवस्था मिलाइने छ।

तेस्रो दिन अर्थात् अक्टोबर २३ मा होटलमै ब्रेकफास्ट गरेपछि ट्रेन बोधगयाबाट राजगीरतर्फ निस्कने छ। राजगीर पुगेर होटलमा खाना खुवाइने छ र त्यसपछि नालंदा अवलोकनका लागि लगिनेछ।

राजगीर र नालंदाको अवलोकनपछि पुन: ट्रेनको यात्रा सुरु हुनेछ। ट्रेनमै डिनरको व्यवस्था पनि गरिएको हुनेछ। त्यहाँबाट ट्रेन बनारसको लागि निस्कने छ। रातभरको यात्रापछि चौथो दिन यात्रुलाई बनारस पुर्‍याइनेछ।
बनारसबाट यात्रुहरुलाई सारनाथ देखाउन लगिने छ। होटलमा दिउसोको खाना खुवाएपछि भने डुंगाको यात्रा र गंगा स्नानको कार्यक्रम रहने छ। 

यात्राको चौँथो साँझको आकर्षणमा रहने छ गंगा आरती। आरतीपछि होटलमा खाना खुवाइने छ र पुन: ट्रेनको यात्रा सुरु हुनेछ।

त्यसपछि भने बुद्धिस्ट सर्किट टूरिस्ट ट्रेन लुम्बिनीको लागि निस्कने छ। 

पाँचौ दिन लुम्बिनीमा

पाँचौ दिन अर्थात् अक्टोबर २३ मा नौतनवासम्म ट्रेन पुग्नेछ। ट्रेनमै बिहानको खाजा खुवाएपछि यात्रुहरुलाई नेपाल ल्याइने छ। लुम्बिनीमा उनीहरुको लागि होटल बुक गरिएको हुनेछ। त्यहाँ सर सामान राखेर सबैलाई मायादेवी मन्दिर दर्शनका लागि लगिनेछ।

बुद्धिस्ट सर्किट टूरिस्ट ट्रेन यात्राको छैठौं दिन लुम्बिनीकै होटलमा बिहानको खाना खुवाइने छ। त्यसपछि कुशीनगरका विभिन्न मठ मन्दिरको दर्शनका लागि निस्कने छन्।

त्यसदिनको रात्री खाना ट्रेनमै खुवाइने छ। 

सातौं दिन यात्रु बलरामपुर पुग्नेछन्। होटलमा दिउँसोको खाजा खुवाएपछि सबै यात्रुलाई श्रावस्ती साइट सीनका लागि लगिनेछ। 

आठौं अर्थात् अन्तिम दिन आगरा पुगेपछि बुद्धिस्ट सर्किट टूरिस्ट ट्रेनका यात्रुहरुले ताजमहल अवलोकन गर्नेछन्।

ताजमहल आसपास घुमघाम पछि यात्रुहरु पुन: दिल्ली फर्कन ट्रेनमा बस्नेछन्। 

सोही दिनको साँझसम्ममा यात्रु दिल्ली पुग्ने आइआरसिटिसीका प्रवक्ता सिद्धार्थ सिंहले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell