PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'दबङ-३' पछि के आउँछ भन्नेहरुलाई सलमानले दिए यस्तो जवाफ



'दबङ-३' पछि के आउँछ भन्नेहरुलाई सलमानले दिए यस्तो जवाफ

मुम्बई : बलिउड स्टार सलमान खानको नयाँ फिल्म 'दबङ-३' आगामी २० डिसेम्बरमा रिलिज हुँदैछ। 'दबङ-३' रिलिज हुनै लाग्दा सलमानले नयाँ फिल्मको पनि पोस्टर सार्वजनिक गरेका छन्।

सलमानले आगामी वर्षको इदमा फिल्म 'राधे' लिएर आउने भएका हुन्। उनले सो जानकारी ट्वीटरमार्फत दिएका हुन्।

उनले ट्वीटरमा सेयर गरेको १ मिनेट लामो मोसन पोस्टरमा 'राधे-योर मस्ट वान्टेड भाइ'को झलक देखाइएको छ।

सलमानले ट्वीटरमा लेखेका छन्, 'तपाईले दबङ-३ पछि के, कहिले भनेर सोध्नु भएको थियो नि, यही हो त्यसको जवाफ।'

 

यो फिल्मको निर्देशन प्रभु देवाले गर्ने बताइएको छ। २००९ मा आएको फिल्म 'वान्टेड' र अब रिलिज हुन लागेको 'दबङ-३' पछि प्रभु देवासँगको सलमानको यो तेस्रो फिल्म हुनेछ। 'राधे' क्याङ यून सुङ निर्देशित कोरियन फिल्म 'द आउटलज'को हिन्दी रिमेक भएको बताइएको छ। फिल्ममा सलमानसँगै दिशा पटानी समेत फिल्ममा देखिनेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell