PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धारिलो हतियार प्रहारबाट युवतीको हत्या



धारिलो हतियार प्रहारबाट युवतीको हत्या
प्रतीकात्मक तस्बिर

भोजपुर : षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ। षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कंदै गरेकी षडानन्द नगरपालिका–३ बस्ने २८ वर्षीया कल्पना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्बर २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी कल्पनाको हत्या भएको प्रहरीको भनाइ छ। हाटबाट फर्किँदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो। मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई आज बिहान पक्राउ गरेको छ। घटनाको विषयमा अनुसन्धान शुरु भएको प्रहरीले बताएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell