PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रोजगारीका लागि एक महिनाअघि मात्रै मलेशिया गएका केसीको मृत्यु



रोजगारीका लागि एक महिनाअघि मात्रै मलेशिया गएका केसीको मृत्यु

तुलसीपुर : रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो)को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो।

दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए। केसी डिएचएल सप्लाई चेन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महिनाअघि मात्रै मलेशिया गएका थिए। केसीको शव सोमवार नेपाल ल्याउने तयारी भएको ओलीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell