PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

चाँदीको गरगहनासहित एक युवक पक्राउ



लहान : प्रहरीको टोलीले भारतीय सीमा जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करिब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ। भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रंगेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो।

विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री ३० थान र बाला १२ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका उसफि उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

गाँजाखेती नष्ट

यस्तै सिरहाको गोलबजार नगरपालिका–१० मा स्थानीयवासीले व्यावसायिक रुपमा गरेको गाँजाखेती प्रहरी टोलीले नष्ट पारेको छ। व्यावसायिक रुपमा गाँजा खेती हुने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले स्थानीयवासीले करिब १० कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो।

अवैध रुपमा लगाइएको करिब ८ हजार ५०० गाँजाको बोट फँडानी गरी नष्ट गरिएको एसपी चतुर्वेदीले जानकारी दिए। गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिनेसमेत एसपी चतुर्वेदीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell