PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कञ्चनपुरको सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती



कञ्चनपुरको सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती
फाइल फोटो

कञ्चनपुर : सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिवारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती शुरु गरेका छन्।

तिहारलगायत चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त पार्नका लागि संयुक्त गस्ती शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्स्पेक्टर रणबहादुर चन्दले बताए। 'सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्ती भइरहेको छ,' उनले भने, 'चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ।'

 नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा आपसमा सम्बन्ध सुमधुर हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनको भनाइ थियो। गस्तीमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टका ११ जवान, इलाका प्रहरी कार्यालय बेलौरीका ११ जवान भारतको तर्फबाट एसएसबीका कमलापुरी कम्पनीका इन्स्पेक्टर भेरजी सोधाको कमान्डमा रहेका ६ जना र एसएसबीका शारदापुरी कम्पनीका प्रहरी नायब निरीक्षक सन्दीपकुमारसहित ४ जनाको टोलीले संयुक्त गस्तीमा सहभागिता जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell