PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गान्धीवादबारे फिल्म बनाउन प्रधानमन्त्री मोदीले दिए बलिउडका फिल्म निर्मातालाई सुझाव



गान्धीवादबारे फिल्म बनाउन प्रधानमन्त्री मोदीले दिए बलिउडका फिल्म निर्मातालाई सुझाव
फोटो : प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर।

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार महात्मा गान्धीको १५० औं जन्म जयन्तीमा आयोजित कार्यक्रम '१५० इयर्स अफ सेलिब्रेटिंग द महात्मा' मा सहभागी भए। उक्त कार्यक्रममा शाहरुख खान, आमिर खान, प्रियंका चोपडा, रणवीर शिह लगायतका थुप्रै बलिउड हस्तीहरु पनि उपस्थित थिए

कार्यक्रममा फिल्म मेकर राजकुमार हिरानीले बलिउडका आठ अभिनेता र अभिनेत्रीलाई लिएर महात्मा गान्धीको जीवनमा आधारित सय सेकेन्डको भिडियो प्रस्तुत गरेका थिए। 

प्रधानमन्त्री निवासमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री मोदीले गान्धी र गान्धीवादमा आधारित फिल्म बनाउनुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा उनले बलिउड हस्तीहरुलाई गान्धी र गान्धीवादमा आधारित फिल्म बनाउन सुझाव समेत दिएका थिए।

कार्यक्रममा अभिनेता शाहरुख खानले मनोरञ्जन जगतलाई एकसाथ ल्याएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए। शाहरुखले भने, 'म महसुस गर्छु कि भारत र दुनियाँभर महात्मा गान्धीलाई चिनाउन आवश्यक छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell