PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डब्लुसिएल : क्याट क्वीन्स प्लेअफमा, ललितपुर फ्याल्कोन्स ८ विकेटले पराजित



डब्लुसिएल : क्याट क्वीन्स प्लेअफमा, ललितपुर फ्याल्कोन्स ८ विकेटले पराजित
फोटो : क्याट क्वीन्स काठमाडौंको फेसबुक पेजबाट।

काठमाडौं : जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) अन्तर्गत आजको पहिलो खेलमा क्याट क्वीन्स काठमाडौंले ललितपुर फ्याल्कोन्सलाई पराजित गरेको छ। क्याट क्वीन्सले ललितपुर फाल्कोन्सलाई आठ विकेटले पराजित गरेको हो।

टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०५ रन बनाएको थियो। ललितपुरका लागि रोशनी बोहोराले अविजित २९ रन बनाइन्। त्यस्तै कप्तान नेरी थापाले २२, ममता चौधरीले १५ तथा गीता गोसाईले १३ रन जोडिन्।

काठमाडौंका लागि इश्वरी बिष्टले २ तथा सरस्वति कुमारीले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको क्याट क्विन्सले १७ दशमलव दुई ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। क्विन्सलाई जिताउन रुवीना क्षेत्रीले ५९ रनको महत्वपूर्ण योगदान गरिन्। जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो। उनले ५२ बलमा नौ चौका र एक छक्काको मद्दतले ५९ रन बनाएकी हुन्। यस्तै रोमा थापाको १८, रश्मी चौलागाईंको ९ तथा अप्सरा बेगमको ७ रनको योगदान रह्यो।

ललितपुरका लागि सम्झना खड्का र एलिसा केसीले एक एक विकेट लिए।

जितसँगै क्याट क्विन्स चार खेलमा ३ खेल जित्दै प्लेअफको यात्रा पक्का गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell