PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सासंद पार्वत गुरुङ साधारण तारेखमा रिहा



सासंद पार्वत गुरुङ साधारण तारेखमा रिहा
फाइल फोटो।

काठमाडौं : सासंद तथा ने क पा केन्द्रीय सदस्य पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन्। पक्राउ पुर्जी जारी भएपछि गुरुङ आइतवार अदालतमा उपस्थित भएका थिए। सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए। 

काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै सासद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो। दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो। वीरध्वज खड्काको जाहेरीमा गत वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो।

मुद्दा दर्ता भएको भएको पाँच महिनापछि भदौ १२ गते जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई सांसद गुरुङलाई उपस्थित गराउन पत्र काटेको थियो।

वीरध्वज खड्कालाई २०७४ वैशाखमा काठमाडौंमा भएको आक्रमणको विषयमा गुरुङ मुछिएको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell