PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकारी वकिलसँग महराको सात घण्टा बयान, म्याद थप गर्न पुर्‍याइयो अदालत



सरकारी वकिलसँग महराको सात घण्टा बयान, म्याद थप गर्न पुर्‍याइयो अदालत

काठमाडौं : बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत पुर्‍याइएको छ। करिव सात घण्टा सरकारी वकिलसँगको बयानपछि म्याद थपको लागि अदालतमा उपस्थित गराइएको हो।

बिरामी परेको भन्दै पक्राउ गरेको तीन दिनपछि नर्भिक अस्पताल भर्ना भएका महरालाई अस्पतालबाट सीधै सरकारी वकिल कार्यालयमा लगिएको थियो।

अनुसन्धानका लागि अदालतले दिएको म्याद आज सकिएको छ। असोज १९ गतेबाट लागू हुने गरी १३ दिने म्याद थप भएकोमा उक्त अवधि सकिएको हो। तर, प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन। बिरामी परेको भन्दै पक्राउ गरेको तीन दिनपछि नै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो।

प्रहरीले महराको बयानपछि अनुसन्धानको अभियोगपत्र तयार पारेर सरकारी वकिललाई बुझाउनेछ। सरकारी वकिल कार्यालयले अनुसन्धान सही लागेमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराउनेछ।

अदालतले दिएको समयसीमा सकिएपछि प्रहरीले महरालाई आइतबार पुनः अदालतमा उपस्थित गराउने तयारी गरेको छ। साथै अनुसन्धानका लागि थप प्रक्रिया पनि अघि बढाएको छ।

डिएसपी कृष्ण चन्दको नेतृत्वमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। सम्भवतः म्याद थप अघि वा पछि आइतवार नै महराको बयान पनि हुनेछ।

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell