PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महरा थप पाँच दिन हिरासतमा



महरा थप पाँच दिन हिरासतमा

काठमाडौं : बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

करिव सात घण्टासम्म सरकारी वकिल कार्यालय काठमाडौंमा बयानपछि आइतवार महरालाई म्याद थपको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। पहिलोपटक अनुसन्धान गर्न अदालतले १३ दिनको म्याद दिएको थियो। आज शनिवारबाट लागु हुने गरि पाँच दिन म्याद थप गरिएको हो।

स्वास्थ्यमा समस्यादेखिएर नर्भिक अस्पतालमा भर्ना भएका महरालाई नर्भिक अस्पतालबाट नै सरकारी वकिल कार्यालय लगिएको थियो। हाल पुनः महरालाई अस्पताल लगिएको छ। महराले प्रहरीमा बयान दिन आनाकानी गरिरहेका थिए। आइतवार भने उनले सरकारी वकिल समक्ष बयान दिएका हुन्।

अनुसन्धान सकेपछि प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँछ। प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ। त्यसपछि अदालतमा बयान र थुनछेक प्रक्रिया प्रारम्भ गर्नेछ। अदालतले धरौटी वा तारेखमा रिहा गर्ने अथवा पूर्पक्षका लागि थुनामा पठाउने समेत आदेश गर्न सक्छ।

धरौटी वा पूर्पक्षको लागि थुनामा रहेमा महरा सांसद् पदबाट स्वतः निलम्बित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell