PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालले विश्वकप छनोटको 'होम गेम' अघि म्यान्मार र इङ्ल्यान्डको 'सी' टिमसँग खेल्ने



नेपालले विश्वकप छनोटको 'होम गेम' अघि म्यान्मार र इङ्ल्यान्डको 'सी' टिमसँग खेल्ने
फोटो : ANFA ।

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट अन्तर्गतको 'होम गेम' अघि दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपालले म्यान्मार र इङ्ल्यान्डको 'सी' टिमसँग मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जानकारी दिएको छ।

नेपालले पहिलो मैत्रीपूर्ण खेल म्यानमारसँग नोभेम्वर ७ तारिकमा खेल्ने छ। त्यस्तै इङ्ल्यान्डको 'सी' टिमसँग २५ मे २०२० मा खेल्ने छ।

यी मैत्रीपूर्ण खेलहरु कतार विश्वकप २०२२ तथा 'एसियाकप चाइना २०२३' को गृहमैदानमा हुने खेलको तयारीका रुपमा लिइएको छ। नेपालले विश्वकप एसिया छनोटअन्तर्गतका समूह 'बी' को चार अवे खेलहरु खेलिसकेको छ। जसमा चाइनिज ताइपेइमाथि २–० ले जित समेत निकालेको छ। बाँकी खेलमा भने नेपाल पराजित भएको थियो।

नेपालले १९ नोभेम्बरमा गृहमैदानमा कुवेतको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell