PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हातहतियार तथा डाँका मुद्दाका फरार दुई अभियुक्त पक्राउ



लहान : हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा अदालतको फैसला कार्यान्वयन टोलीले हातहतियार खरखजाना मुद्दामा सिरहाको बरियारपट्टी गाउँपालिका–३ निवासी ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ निवासी २८ वर्षीय चन्देश्वर भनिने चन्दे महरालाई पक्राउ गरेको हो।

आफ्नै घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। हातहतियार खरखजाना मुद्दामा सिरहा जिल्ला अदालतबाट यादवलाई ६ महीना कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको थियो भने डाँका मुद्दामा फरार महरालाई अदालतबाट ५ वर्ष ११ महीना ४ दिन कैद र २ लाख ४७ हजार ३५० रुपैयाँ जरिवानाको फैसला भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने एसपी चतुर्वेदीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell