PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नवलपरासीमा जुवा खेलिरहेका १८ जना खालबाटै पक्राउ



नवलपरासीमा जुवा खेलिरहेका १८ जना खालबाटै पक्राउ
प्रतीकात्मक तस्बिर

कावासोती : जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई जुवाको खालबाटै पक्राउ गरेको छ।

प्रहरीले राति १:३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका डिएसपी अर्जुन रानाभाटले बताए। जुवा खेलिरहेका उनीहरुको साथबाट प्रहरीले १ लाख ४२ हजार ९४० रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको डिएसपी रानाभाटले बताए।

चाडपर्वको समयमा जुवातास खेल्ने क्रम धेरै भएपछि प्रहरीले जुवातास रोक्नमा जोड दिएको छ। प्रहरीले चाडपर्व शुरु भएलगतै जुवाताल खेलाउने स्थानको विशेष निगरानी राख्दै आएको डिएसपी रानाभाटले बताए। जुवातासका कारण सामाजिक समस्या निम्तिने हुँदा आफूहरुले यसको नियन्त्रण गर्न लागिपरेको उनके भनाइ छ। प्रहरीले पछिल्ला दिनमा नवलपुरका विभिन्न स्थानबाट जुवातास खेल्नेलाई धमाधम पक्राउ गरिरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell