PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भैँसी चोरीको आरोपमा सप्तरीमा तीन जना पक्राउ



भैँसी चोरीको आरोपमा सप्तरीमा तीन जना पक्राउ
फोटोः रासस

राजविराज : सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ।

भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका आधारमा थप दुईलाई पक्राउ गरिएको डिएसपी तिलक भारतीले बताए।

सो क्रममा खोजतलास गर्दै जाँदा ज १ च १२०१ नम्बरको पिकअपसहित भैँसी लोड गर्न रुपनीचोकमा बसिराखेको अवस्थामा सिरहा महेशपुर पतारी गाउँपालिका–४ का ३५ वर्षीय नसरुल मियाँ र धनुषा गणेशमान चारनाथ नगरपालिकाका २८ वर्षीय नारायण बुढाथोकीलाई पिकअपसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell